भाद्र ६ बिहिबार, काठमाण्डाै। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई हराएकाे छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो । नेपालको दुई खेलमा ६ अङ्क भएको छ ।

यस हारसँगै बङ्गलादेश पनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेशले तीन अङ्क बटुलेको छ । श्रीलङ्का भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएकाे छ।
नेपालको तर्फ समिर तामाङ र निराजन धामीले एक/ एक गोल गरेकाे थियाे । त्यस्तै बङ्गलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमार्फत एक गोल गरेकाे थियो ।

Leave a comment