भारतलाई थप दुई सय ५१ मेगावाट विधुत निर्यात गर्ने

भाद्र ३ साेमबार, काठमाण्डाै। नेपालले द्विपक्षीय सम्झौता गरी भारतकाे विहार र हरियाणामा थप दुई सय ५१ मेगावाट विधुत निर्यात गर्ने भएको छ । विधुत मन्त्रालय अन्तर्गतको केन्द्रीय विधुत प्राधिकरणले हरियाणामा थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारमा एक सय २५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विधुत प्राधिकरणलाई स्वीकृति दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतीय पक्षबाट स्वीकृति पाएसँगै छिट्टै विहार र हरियाणामा थप विधुत निर्यात सुरु गरिने जानकारी दिनुभयो । उहाले स्वीकृत परिमाणको १० प्रतिशत थप विधुत निर्यात गर्न सक्ने क्षमता रहेकाे, थप दुई सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको बताउनुभयाे ।

भारतलाई बिक्री गरिने विधुतकाे बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विधुत भारततर्फ निर्यात गर्दै आएको छ । चालु आवमा रु २५ अर्ब बराबरको विधुत निर्यात गर्ने लक्ष्य राखिएको पनि जनाएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.