बादी पहिराेमा परी २४ घण्टामा आठजनाकाे मृत्यु

भाद्र ३ साेमबार, काठमाण्डाै। अबिरल वर्षाका कारण आएको बाढी, पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायत विपद्मा मा परिआजसम्म एक सय ९० जनाको मृत्यु भइसकेकाे छ ।

प्रहरीबाट प्राप्त विवरण अनुसार काठमाण्डाै उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ ।

सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.