पूर्ण क्षमतामा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न तयारी

भाद्र ३ साेमबार, काठमाण्डाै। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका गर्न कार्य योजना सहित प्रक्रिया अगाडि बढाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति मार्फत निगमको सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरी हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको जनाएको छ ।

निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका यि दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियत लगायतका आकर्षक प्याकेज ल्याउने तयारी गरेकाे छ । यसलाइ पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने पनि सरकारको योजना रहेकाेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.