जनैपूर्णिमाको शुभकामना सहित रक्षाबन्धन ग्रहण

भाद्र ३ साेमबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवरमा शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले जनैपूर्णिमाका दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको बताउनुभयाे । उहाँले ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरुले पनि रक्षाबन्धन ग्रहण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.