भाद्र २ आइतबार, काठमाण्डाै। अविरल भारी वर्षाका कारण निसीखोला गाउँपालिका–६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ–पूर्वीरुकुम सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए अनुसार लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम, जाजरकोट लगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको छ ।

सडक अवरुद्ध हुनाले त्याहा वरपरका जनतालाई दैनिक जिवनयापनमा धेरै असर परेकाे छ । अवरुद्ध सडक खोल्ने प्रयास जारी रहेकाे छ ।

Leave a comment