मुलुकी ऐन–१९१० को अंग्रेजीमा पुनर्व्याख्या सहितकाे पुस्तक प्रकाशित

भाद्र १ शनिबार, काठमाण्डाै । मुलुकी ऐन–१९१० को अंग्रेजीमा पुनर्व्याख्या सहितकाे पुस्तक प्रकाशित भएको छ । जर्मनीको हाइडलबर्ग विश्वविद्यालयमा दक्षिण एसियाली कानुनहरूको इतिहासबारे अनुसन्धानमा संलग्न टोलीले मुलुकी ऐन-१९१९ को पुनर्व्याख्या सहित अंग्रेजी भाषामा पुस्तक प्रकाशित गरेका हुन् । पुस्तकलाई ‘द मुलुकी ऐन अफ १८५४ : नेपालस् फर्स्ट् लिगल कोड’ नाम दिइएको छ ।

हाइडलबर्ग विश्वविद्यालयले उक्त पुस्तक सन् २०२१ मै प्रकाशित गरेको हो । पुस्तकको नेपाल संस्करण भने शुक्रबार विमोचन भएको छ । पुस्तकको नेपाल संस्करण वज्र बुक्सले प्रकाशन गरेको हो । शुक्रबार हाइडलबर्ग विश्वविद्यालय, दक्षिण एसियाली अध्ययन केन्द्रको नेपाल कार्यालयमा एक कार्यक्रमका बीच प्राध्यापक प्रयागराज शर्माले उक्त पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा उक्त विश्वविद्यालयबाट धर्मशास्त्रमा विद्यावारिधि गरेका राजन खतिवडा, सिमोन चुबेलिच् उक्त विश्वविद्यालयका वरिष्ठ प्राध्यापक आक्सेल् मिखाएल्स् समेतकाे सहभागी रहेकाे थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.