श्रावण ३१ बिहिबार, काठमाण्डाै । अविरल वर्षाको कारण बाढी पहिरोमा परी मृत्यु हुनेकाे संख्या १७५ जना पुगेकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए अनुसार गत जेठ २८ गते देखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार पहिरो लगायत विपद्मा परी काठमाण्डाै उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

उहाँका अनुसार बाढीपहिराेबाट काठमाण्डाै उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २४ जना घाइते भएका छन् । साथै देशका विभिन्न स्थानबाट एक सय १३ जनाको उद्धार गरिएको पनि बताउनुभयो ।

Leave a comment