पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

श्रावण ३१ बिहिबार, काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य शुक्रबार बिहानकाे १ बजेदेखि लागू हुनेछ ।

अब काठमाण्डाै उपत्यका , पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

त्यस्तै चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ दरले कारोबार गर्न पाइनेछ । सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.