श्रावण २७ आइतबार, काठमाण्डाै । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ ।
पहिरोका कारण खानेपानी, विधुत आपूर्ति हुनसकेको छैन । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । बालबालिका र वृद्धवृद्धालाई बढी समस्या परेको छ । प्रभावित क्षेत्रहरु बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायतका बस्ती रहेकाछन् ।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले दिनुभएकाे जानकारी अनुसार विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक स्थलमा व्यवस्थापन गरेकाे छ । गाउँपालिकाबाट प्रारम्भिक चरणको राहत वितरण कार्य भइरहेकाेछ । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको र दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो तहको सरकारसँग छलफल गरिरहेकोछ।

Leave a comment