श्रावण २५ शुक्रबार, काठमाण्डाै । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विधुतको महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको बताउनुभयाे । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको निर्देशक घिसिङले तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै बताउनु भएकाे हाे।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्याएको बताउनुभयाे । उनले तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विधुत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजश्व बढाउन, प्रशारण तथा वितरण लाइन र सबस्टेसन बिस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको बताउनुभयाे ।
उनका अनुसार तीन वर्षअघि विधुतीकरणको अवस्था करिब ५८ प्रतिशत रहेकोमा तीन वर्षको अवधिमा ९९ प्रतिशत पुगेको छ। हाल ५९ लाख ३५ हजार ग्राहक रहेको र प्राधिकरणले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विधुतीकरणको कार्य अगाडि बढाइ सकेको , अब देश छिट्टै पूर्णरुपमा विधुतीकरण घोषणा गर्ने अवस्थामा पुगेको जानकारी दिनुभयाे ।

Leave a comment