एएफसी च्यालेन्ज लिग प्लेअफका लागि तयारी अन्तिम चरणमा – चर्च ब्वाइज युनाइटेड

श्रावण २५ शुक्रबार, काठमाण्डाै । एएफसी च्यालेन्ज लिग प्लेअफका लागि नेपाली ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । चर्च ब्वाईजले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त च्यालेन्ज लिग प्लेअफको लागि टोली तयार रहेको जानकारी गराएको हो ।

क्लबका अध्यक्ष रुबेन राईका अनुसार लामो समयपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल हुन लागेको र यसमा दर्शकहरुको उपस्थिति उल्लेख्य रुपमा रहने विश्वास व्यक्त गरे । उनले रंगशालामा अन्तर्राष्ट्रिय अप्रुभल पछि लामो ग्यापपछि खेल हुने भएकाे र यसमा नेपाली टिमले राम्रो गर्ने विश्वास लिएकाे पनि बताउनुभयाे ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले क्लबको तयारी राम्रो भएको र त्यसमा आफू सन्तुष्ट रहेको बताउनुभयाे । उहाँले साउन १ गते देखि ट्रेनिङ शुरु गरिरहेकाे बताउनुभयाे । उहाँले भन्नु भयाे हाम्राे टिमले राम्रो प्रदर्शन गर्नेछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.