विधुत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ

श्रावण २० आईतबार, काठमाण्डाै । नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त हुनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले मन्त्रिस्तरीय निर्णय गर्दै नेपाल विधुत प्राधिकरणका सञ्चालक द्वयमा गुरुङ र कार्कीलाई नियुक्ति दिनुभएकाे हाे।

उहाँहरूलाई नेपाल विधुत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विधुत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विधुत उपभोक्ता मध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

उर्जामन्त्रीको साउन १८ गतेको निर्णय अनुसार देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो । नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरुङ विधुत विकास विभागका पूर्वमहानिर्देशक हुनुहुन्थ्याे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.