गुणस्तरमा ध्यान दिइ योजना निर्माण गर्नु – प्रधानमन्त्री ओली

श्रावण २० आईतबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरमा ध्यान दिइ योजना निर्माण गर्न विभाग र मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनकाे अवसरमा मन्तव्य राख्न्दै उहाँले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्नु भनि निर्देशन दिनुभएको हो ।

उहाँको अनुसार  मानिसलाई आवश्यक नै नपर्ने वन र भिरमा सडक खनेर कुनै फाइदा नहुने तर मानव बस्ती छुने र छोटो हुने गरी सडक निर्माण गर्नु भने धेरै आवश्यक रहेको बताउनुभयाे । उहाँले राजनीतिक  दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताउनुभयो । एउटै खालका योजना पटक–पटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी काम गर्नु आवश्यक रहेकाे बताउनुभयाे ।

उहाँले आफू पहिलो पटक प्रधानमन्त्री  भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको बताउनुहुँदै अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको उल्लेख गर्नुभयो । नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको पनि बताउनुभयाे। उहाँँले २०४६ सालपछि गरिएको निजीकरणले उपलब्धि दिन नसकेको बताउनुभयो । साथै ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक भएको पनि बताउनुभयो । 

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.