सुत्केरीमा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च

श्रावण १९ शनिबार, काठमाण्डाै । सुत्केरी अवस्थामा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् । साताब्यापी विश्व स्तनपान दिवस अगस्ट १ देखि ७ तारिख सम्म नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

कान्तिपुर हेल्थले विश्व स्तनपान सप्ताहको अवसरमा शनिबार भरतपुरमा आयोजना गरेको ‘स्तनपानको महत्वः चिकित्सक–पत्रकार अन्तरक्रिया कार्यक्रम’ मा भरतपुर अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख प्रा.डा.सुनिलमणि पोखरेलका अनुसार महिलाले बच्चा जन्माएपछि पहिलो बिगौती दूधमा अक्सिडेसन हर्मोन बढी हुने र दूध चुसाउँदा पाठेघर खुम्चिने जसले गर्दा रक्तश्राव हुनबाट जोगाउछ । स्तनपान गराउँदा स्तनमा संक्रमण हुने, गाँठागुँठी हुने समस्या समेत नआउने पनि बताउनुभयाे । साथै स्तनपान गराउने महिलामा भन्दा नगराउने महिलामा क्यान्सरको जोखिम उच्च रहेको विभिन्न अध्ययनहरुले देखिएको जानकारी दिनुभयाे । यसरी स्तनपान गराउँदा आमाहरुको अक्सिडेसन हर्मोन वृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने पनि बताउनुभयाे ।

बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक लगायत समग्र विकास गर्न तथा महिलालाई पाठेघरको क्यान्सर लगायत धेरै रोगको जोखिमबाट बचाउन स्तनपान महत्त्वपूर्ण रहेकाे छ। तर पछिल्लो समयमा व्यस्तता र सौन्दर्यमा असर पर्ने भन्दै नेपालमा महिलाहरुले बच्चालाई स्तनपान नगराउने चलन बढ्दै गएको छ । शिशु जन्मिए पछि स्तनपान गराउनुपर्छ, यो शिशुको अधिकारको कुरा हो, अर्कोतिर आमा र बच्चा दुबैलाई स्वास्थ्य दृष्टिले पनि फाइदा गर्छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.