श्रावण १८ शुक्रबार, काठमाण्डाै । काठमाण्डाैबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाण्डाै फर्काएर सुरक्षित अवतरण गराइएको छ । कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो ।
बुद्ध एयरको एक उच्च अधिकारीका अनुसार जहाज काठमाण्डाैबाट पार हुने क्रममा इन्डिकेटरमा समस्या रहेकाे संकेत प्राप्त भएको थियो । त्यसपछि थप जोखिम नलिई जहाज काठमाण्डाैमै फर्काउने निर्णय लिइएको हो ।
साथै अहिले प्राविधिकहरूले जहाजको जाँच गर्दै गरेको र यस जहाजमा यात्रा गरेका यात्रुहरुलाई अर्को जहाजबाट पोखरा पठाइएको पनि जानकारी दिनुभयाे । शुक्रबार तीव्र वायु चलेका कारण विभिन्न उडानहरू रद्द भएका छन् ।

Leave a comment