श्रावण १८ शुक्रबार, काठमाण्डाै । भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानकाे थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले उज्बेकिस्तान विरुद्ध २–० को सोझो सेटमा जित हासिल गरेकाेछ।

नेपालकाे तर्फबाट मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शुक्रवारको पहिलो खेलमा घरेलु टोली भुटानलाई २१–१४, २१–१४ ले पराजित गरेकाे थियो । त्यसतै दोस्रो खेलमा पनि यही जोडीले उज्बेकिस्तानलाई २१–१५, २१–१४ ले पराजित गरेकाे थियाे ।
साथै नेपाली महिला टोलीले पनि थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शुक्रबार भएकाे खेलमा घरेलु टोली भुटान विरुद्ध २–० को सोझो सेटमा जित हासिल गरेकाे छ । नेपालकाे तर्फबाट कमला पुन र मनिषा चौधरीको जोडीले एकतर्फी खेल २१–५, २१–४ ले जित हासिल गरेकाे थियाे ।


Leave a comment