श्रावण १७ बिहीबार, काठमाण्डाै । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०० विन्दु छोएर फर्किएको छ। यस दिन कारोबार अवधिमा नेप्से परिसूचक २८०५.५७ विन्दुसम्म पुगेको थियो। तर दिनकाे अन्त सम्ममा नेप्से परिसूचक ५.३१ अंक घटेर २७५५.६० विन्दुमा झरेको छ।

त्यस्तै यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन २१ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ पटकको कारोबारमा २ लाख २९ हजार पटकको कारोबारमा २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुमो मूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ।

Leave a comment