शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि प्रतिनिधि सभामा छलफल

श्रावण १३ आइतबार, काठमाण्डाै । प्रतिनिधि सभामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथि सैद्धान्तिक रुपमा छलफल भएको छ । प्रतिनिधि सभाको आइतबार भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, माथी विचार गर्न प्रस्ताव राख्नु भएकाे थियो ।

बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले मुलुकमा दक्ष जनशक्ति उत्पादन तथा सर्वसुलभ र सहज पहुँचको स्वास्थ्य सेवा विस्तारका लागि विधेयक महत्त्वपूर्ण रहेको बताउनुभयो ।

साथै बैठकमा सांसदहरुले स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले सङ्घीयताको मर्म अनुरुप सन्तुलित विकास र सबै क्षेत्र, वर्गलाई समेट्ने भन्दै नेपालको चिकित्सा शिक्षालाई अब्बल तुल्याउँदै अन्तर्राष्ट्रिय जनशक्तिलाई आकर्षित गर्ने अवसर समेत भएको बताउनुभयो ।त्यसैले यस विधेयकको परिणामात्मक कार्यान्वयनका लागि पूर्वाधार निर्माण र पर्याप्त बजेट व्यवस्थापनका लागि ठोस योजना बनाइनुपर्ने बारे पनि छलफल गरियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.