बाढी र पहिरोमा परी हालसम्म १३१ जनाको मृत्यु

श्रावण ७ साेमबार, काठमाण्डाै । बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । यस्ताे विपद्मामा परि मृत्यु हुने काे संख्या काठमाडौँ उपत्यकामा २ जना, कोशीमा २२, मधेसमा ५, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा परी १४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा ५ गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोसी र बागमतीमा २/२ तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १/१ गरी ९ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।

बाढीका कारण १८२ घर डुबानमा परेका छन् । २३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ४००४ घर परिवार विस्थापित भएका छन् ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.