श्रावण ७ साेमबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजनालाइ ‘स्पेसल प्रपोज भेइकल’ को रुपमा विकास गर्ने बताउनु भएकाे छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँले उक्त आयोजना नेपाल विधुत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेकाे बताउनुभयो ।
उनका अनुसार उत्तरगङ्गा जलाशययुक्त जलविधुत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’को रुपमा विकास गर्न २०७४ सालमा उत्तरगङ्गा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको पनि बताउनुभयो । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको, जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाइएको पनि बताउनुभयाे।
उहाँले विधुत् उत्पादन अनुमतिपत्रको लागि विधुत् विकास विभागमा आवेदन दिइसकिएको बताउनुभयो । साथै विधुत् प्राधिकरण इञ्जिनियरिङ कम्पनी मार्फत आयोजनाको सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि निर्माण ढाँचा र लागत ढाँचा निर्क्योल गरी आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको पनि जानकारी गराउनुभयो ।

Leave a comment