नेपाल वुमन्स टोलीद्वारा श्रीलङ्का पराजित

श्रावण १ मंगलबार, काठमाण्डाै । श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई पराजित गरेकाे छ । नेपाली टाेलीले तेस्रो पटककाे अभ्यास खेलमा श्रीलङ्का वुमन्स डेभलप्मेन्टलाई २ रनले पराजित गरेकाे हो । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।

नेपाल सँग १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का वुमन्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सफल भएका थिए । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

नेपाल यसअघि खेलेकाे पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले श्रीलङ्कासँग पराजित भएको थियो । श्रीलङ्कामा शुक्रबार देखि सुरु हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा परेकाे छ । ‘ए’ समूहमा नेपाल, भारत, पाकिस्तान ,र युएई छन् । नेपालले शुक्रबार युएईसँग खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ गते र भारतसँग साउन ८ गते खेल्नेछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.