असार ३१ साेमबार, काठमाण्डाै । सरकारले बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भई दश दिनसम्म फेला नपरेका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
नवगठित मन्त्रिपरिषदकाे बैठकले बाढीपहिरोमा मृत्यु हुने परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
साथै बैठकले विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री गुरुङका अनुसार विगतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतको व्यवस्था थिएन । सरकारले यो पटक नयाँ व्यवस्था गरेको हो ।



Leave a comment