मंसिर २८ बिहीबार, काठमाण्डाै । उच्च अदालत पाटनले पुर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश दिएकाे हो । पुर्व गृहमन्त्री खाण नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थिए ।
उच्च अदालत पाटन का प्रवक्ता तिर्थराज भट्टराईका अनुसार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताउनुभयाे ।
काठमाण्डाै जिल्ला अदालतले २०८०/०३/०१ मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दिएकाे थियाे । पुर्व गृहमन्त्री खाण समेत जिल्लाको आदेश विरुद्ध २०८० साउन १६ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए।

Leave a comment