माघ २५ बुधबार, काठमाण्डाै । सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि फ्रेन्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । फ्रेन्ड्सले बुधबार उर्जनसँग सम्झौता गरि मुख्य प्रशिक्षकाे रुपमा नियुक्त गरेको घोषणा गरेको छ । फ्रेन्ड्सले नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि उर्जनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । नेपाली यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक रहिसकेका उर्जनले यस अघिको लिग थ्री स्टार क्लब सम्हालेका थिए ।
यो सिजनको लिग आगामी फागुन १९ गतेदेखि सुरु हुँदैछ। लिगका लागि फ्रेण्ड्सले अमित तामाङ, प्रेम भण्डारी, आरोन थापा, दोना थापा, रुपेश केसी, असिम भुषाल, विशाल सुनार र राजेश परियारसँग सम्झौता गरिसकेको छ। फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।

Leave a comment