समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न -निर्वाचन आयोग

मसिंर २० मंगलबार, काठमाण्डाै । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएकाे निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीका अनुसार १ करोड ५ लाख ६० हजार भन्दा बढी मतगणना भएको बताउनुभयाे । उनका अनुसार कूल मतदाता एक करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकोमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७३ हजार २७ मत खसेको बताउनुभयो ।

मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा (एमाले) २८ लाख ५४ हजार ६४१ मत ल्याइ अग्र स्थानमा रहेको छ भने नेपाली कांग्रेस २७ लाख १५ हजार २२५ मत प्राप्त गरि दोस्रो स्थानमा रहेको छ । त्यसै गरि नेकपा (माओवादी केन्द्र) ले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी (जसपा) ले चार लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ६५५, नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार ३६७ र नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ मत पाएका छन् ।

त्यस्तै, समानुपातिकतर्फ प्रदेशगत विवरण अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अगाडि रहेको छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.