समलिंगी विवाह मान्यताकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्चमा रिट

मसिंर २० मंगलबार, काठमाण्डाै । समलिंगी विवाहलाई मान्यता दिलाउनकाे लागि आवश्यक कानुन बनाउन सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकाे छ । उक्त रिट निवेदन लक्ष्मी घलान, मितिनी नेपाल, महिला कानुन र विकास मञ्च लगायतले संयुक्त रूपमा सोमबार दायर गरेका हुन् । रिट निवेदक मध्येका अधिवक्ता दिपेश श्रेष्ठका अनुसार कानुनले समलिंगी र लैंगिक तथा यौनिक अल्पसंख्यक बीचको विवाहलाई मान्यता दिएको छैन, तिनको खारेजी र नयाँ कानुनी व्यवस्थाका लागि रिट दायर गरेकाे बताए । उनका अनुसार मुलुकी देवानी संहिता, २०७४ को विवाह सम्बन्धी व्यवस्थाले पुरूष र महिलाबीच मात्र विवाह हुन सक्ने भनेकाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित रहेका छन् ।

त्यस्तै अर्का रिट निवेदक लक्ष्मी घलानले आफू २५ वर्षयता सँगै बस्दै आएकी मीरा ब्रजाचार्यसँग विवाह गर्न कानुनी अवरोध हुँदा निकै अप्ठ्यारो भोग्नुपरेको अनुभव रिटमा उल्लेख गरेकी छन् । उनले रिटमा कोसँग जीवन बिताउने र कोसँग विवाह गर्ने भन्ने व्यक्तिको नितान्त आफ्नो छनौटको विषय भएको उल्लेख गरेकी छन्। साथै कानुनकाे अभावका कारण समाज र परिवारबाटै निरन्तर बहिष्करण र विभेद भोग्दै आएको उल्लेख गरेकाे बताए । उनले कानुनले सुनिश्चित गरेका अधिकार समेत उपभोग गर्नबाट उनीहरू वञ्चित रहेकाे र सदैव असुरक्षित महसुस गराएकाे बताए ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.