मसिंर ११ आईतबार, काठमाण्डाै । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा फ्रान्सद्वारा डेनमार्क पराजित भएको छ । कतारकाे दोहा स्थित ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २-१ काे गोल अन्तरले पराजित गरेको थियाे । फ्रान्स जीतसँगै नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
फ्रान्सका खेलाडी किलियन एमबाप्पेले फ्रान्सकाे लागि दुई गोल गरेका थिए । खेलको पहिलाे हाफ सम्म कुनै पनि गाेल हुन सकेन । खेलकाे दोस्रो हाफको ६१औं मिनेटमा फ्रान्सका एमबाप्पेले पहिलाे गोल गर्दै सुरुआती अग्रता दिलाएकाे थियाे । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ भने यसै समूहमा रहेका अष्ट्रेलिया ३ तथा डेनमार्क र ट्युनिसियाको समान १-१ अंक रहेकाेछ ।

Leave a comment