समानुपातिक तर्फ ८० प्रतिशत मतगणना

मसिंर ११ आईतबार, काठमाण्डाै । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको बताउनुभयो । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना भएकाे र २४ लाख मत गणना हुन बाँकी छ ।

सोमबार सम्ममा गणना भइरहेकाे छ वटा निर्वाचन क्षेत्रको गणना सम्पन्न हुने आकलन गरिएको छ । मङ्सिर १० गते बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएकाेले गणना हुन बाँकी रहेकाेछ । दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदान स्थलमा पुनः मतदान गराउने कि मतगणना सुरु गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.