साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

मसिंर ६ मंगलबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह सी मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ । कतारको लुसाइल स्टेडियममा भएको उक्त खेलमा विश्वकप उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएकाे थियाे । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएकाे थियाे । खेल पहिलो हाफमा १–०मा टुंगिएकाे थियाे ।

खेलकाे दोस्रो हाफमा साउदीले अर्जेन्टिना बिरुद्ध दुई गोल गरेकाे थियाे । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । खेलको ४९औँ मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ५४औँ मिनेटमा साउदीका अर्का खेलाडि सालेम अल दसारी गोल गर्दै खेलमा २-१ गोलको अग्रता बनाएकाे थियाे । त्यसपछि कुनै खेलमा कुनै गाेल हुन सकेन । जितसँगै साउदीले तीन अङ्क जोडको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.