कतार विश्वकप उदघाटन खेलमा इक्वेइडरसँग पराजित

मसिंर ५ साेमबार, काठमाण्डाै । कतारमा आयाेजना भएकाे फिफा विश्वकप २०२२ को उदघाटन खेलमा आयाेजक राष्ट् कतार इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ । आईतबार कतारकाे अल ब्याट स्टेडियममा सम्पन्न उदघाटन खेलमा इक्वेडरले खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गरि अग्रता बनाएको थियो । कतारका गोलकिपर साद अल्सिबले फाउल गरेपछि इकवेडरले पेनाल्टि पाएको थियाे । इकवेडरका कप्तान इनर भ्यालेन्सियाले पाएकाे पेनाल्टि सदुपयाेग गरि गोल गरेका थिए । इक्वेडरका अर्का खेलाडी भ्यालेन्सियाले खेलको ३१औं मिनेटमा दोस्रो गोल गर्दै इक्वेडरको अग्रता २–० बनाएका थिए । इक्वेडर जित सँगै समूह एमा तीन अंक जोड्दै शिर्षस्थानमा रहेको छ । कतार भने विश्वकपको उद्घाटन खेल हार्ने पहिलो टिम बनेको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.