प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

मसिंर ४ आईतबार, काठमाण्डाै । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेदेखि प्रारम्भ भएको हो । याे अपराह्न ५ बजेसम्म हुनेछ । मतदानमा सहजताका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवती लगायतलाई प्राथमिकता साथ मतदान दिन लगाउने व्यवस्था गरिएको छ । मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्या समेत उल्लेख्य रुपमा देखिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुपछ । निर्वाचनमा मताधिकार प्राप्त मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेकाे छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.