एकदिवसीय सिरिज उपाधि नेपालले जित्याे

मंसिर २ शुक्रबार, काठमाण्डाै । नेपालले युएईलाई पराजित गर्दै एकदिवसीय सिरिज उपाधि जितेकाे छ । नेपाल र युएई बिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको थियाे । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको थियो । शुक्रबार भएकाे तेस्रो तथा अन्तिम खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको छ । खेलमा युएईले दिएको एक सय ७७ रनको लक्ष्य नेपालले ४० दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको तर्फबाट आसिफले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । उनले एक १९ बल खेल्दै १२ चौकाको मद्दतमा ८८ रन बनाएका हुन । अर्का खेलाडी ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्का सहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए । नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २र२ विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान १र१ विकेट लिएका थिए । युएईका हजरत बिलाल र आयन अफजल खानले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक ७६ रन बनाएको थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.