निर्वाचन प्रचारमा फजुल खर्च कम गराै- प्रमुख निर्वाचन आयुक्त थपलिया

कार्तिक २५ शुक्रबार, काठमाण्डाै । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हुने फजुल खर्च कम गर्न आग्रह गर्नुभएकाे छ । नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा उहाँले फजुल खर्चले वित्तीय अनुशासन उल्लङ्घनका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने हुन्छ त्यसैले कम खर्चमा मतदाता समक्ष जान दल र उम्मेदवारहरूलाई प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभएको छ । उहाले सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेका बताउनुभयो । त्यसैले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन भइरहेकाले गालीगलौज र लाञ्छनायुक्त भनाइलाई रोक्न पाइँदैन भन्ने हिसाबले प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो । प्रमुख आयुक्त थपलियाले जनताको अभिमत प्रकट हुनु पूर्व फलानो उम्मेदवार बलियो वा फलानो उम्मेदवार कमजोर भन्ने ढङ्गले समाचार वा मत सर्वेक्षण गर्न आचारसंहिता बमोजिम नपाइने भएकाले त्यसबाट सजग रहन समेत आग्रह गर्दै मतदानको दिन र मतगणना कार्यको समाचार दिँदा अन्तर्राष्ट्रिय मान्यता अनुरूप तथ्यपरक, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्न आग्रह गर्नुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.