नेपालबाट खग्रास चन्द्रग्रहण देखिने, १ घण्टा २३ मिनेट लाग्ने

कार्तिक २२ मंगलबार, काठमाण्डाै । आज नेपालबाट खग्रास चन्द्रग्रहण देखिने छ ,ग्रहण लाग्ने समयावदि १ घण्टा २३ मिनेट हुनेछ । आज कार्तिक शुक्ल पूर्णिमामा लाग्ने ग्रहण ग्रस्तोदित खग्रास चन्द्रग्रहण हाे । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हाे । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा पनि उल्लेख छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

आज हुने चन्द्र ग्रहण उत्तरी-पूर्वी यूरोप, एशिया, अस्ट्रेलिया, प्रशान्त महासागर, हिन्द महासागर, उत्तर अमेरिका र दक्षिण अमेरिकाको अधिकांश भागबाट देखिनेछ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.