क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

कार्तिक १७ बिहिबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध जिल्ला अदालत काठमाण्डाैमा परेको मुद्दाकाे आज पनि थुनछेक बहस नभ्याइसकेकाेले हेर्दा हेर्दैमा राखिएको छ । कात्तिक १४ गते क्रिकेटर लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । आज क्रिकेटर लामिछानेकाे पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली र अधिवक्ता मुरारी सापकोटा, रोशनी घिमिरेले समेतले थुनछेक बहस गरेका थिए । उनकाे पक्षबाट कानुन व्यवसायीहरुले पीडित किशोरी नाबालिक नभएको प्रमाण अदालतमा पेस गरेकाे र उनी विरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर लिएका छन् । थुनछेक बहस बुधबार देखि सुरु भए पनि पिडीत र क्रिकेटर लामिछानेकाे पक्षबाट बाेल्ने कानुन व्यवसायी धेरै भएकाले बहस लम्बिएको हाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.