सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

कार्तिक १६ बुधबार, काठमाण्डाै । नेपालका राष्ट्रिय क्रिकेट टोलीकाे निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध परेको मुद्दामा आज देखि जिल्ला अदालत काठमाण्डाैमा थुनछेक बहस प्रारम्भ भएको छ । आज थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याइसकेकाेले भाेली बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । कात्तिक १४ गते लामिछाने विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरिएको थियो । क्रिकेटर लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदावि लिई अभियाेगपत्र दायर गरिएको छ । तर क्रिकेटर लामिछानेले आफू विरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेकाे छ । उनले बलात्कार नगरेको, आफू निर्दोष रहेको र अनुसन्धानमा सहयाेग पुराउन आफै प्रहरीमा आत्मसमर्पन गरेकाे बयान दिएका छन् । उनी असोज २० गते देखी नाबालिग माथि जबर्जस्ती करणी गरेको आरोपमा न्यायिक हिरासतमा राखिएका छन् ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.