कार्तिक १५ मंगलबार, काठमाण्डाै । नेपाल पञ्चांग निर्णायक विकास समितिकामा सात जनाको दरबन्दी स्वीकृत गरिएकाे छ । अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्ले समितिका लागि सात जनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसपछि २०७८ साल साउन १८ गते उक्त गठन आदेश नेपाल राजपत्रमा प्रकाशन भएकाे थियाे । अनि याे गठन आदेश कार्यान्वयनमा आएकाे थियाे । गठन आदेशमा सात जनाको दरबन्दी स्वीकृत गरिएकाे जसमा समितिकाे कार्यालय प्रमुखका रूपमा कार्यकारी निर्देशकले काम गर्ने छ । साथै कार्यकारी निर्देशकले नै समितिको सदस्य सचिवका रूपमा पनि काम गर्ने व्यवस्था रहेकाे छ । गठित समितिमा पञ्चाङ्ग अधिकृत, वरिष्ठ कम्प्युटर सहायक , प्रशासन सहायक, लेखापाल, कार्यालय सहयोगी र चालक एक/एक गरी सात जनाको दरबन्दी कायम भएको छ ।

Leave a comment