कार्तिक १५ मंगलबार, काठमाण्डाै । काठमाण्डाै महानगरपालिका-२४ जुद्ध शालिक नजिकै मंगलबार बिहान एक व्यक्ति मृत फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मंगलबार बिहान बिहान पौने ७ बजेतिर सडकमा कुच्चो लगाउन आएका मानिसले एक पुरूष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत व्यक्ति अन्दाजी ४५ वर्षीय रहेकाे जनाएकाे छ तर उक्त व्यक्तिकाे पहिचान भने खुलेको छैन । उनी ज्याला मजदुरी गर्ने व्यक्ति भएको सम्म खुलेको छ । एसपी मैनालीका अनुसार घटना शंकास्पद रहेको छ । मृतकको निधारमा चोट लागेको छ । थप अनुसन्धान भइरहेकाे र मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ । अनुसन्धानकाे लागि तालिम प्राप्त कुकुर समेत खटाइएको छ ।
Leave a comment