बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु

कार्तिक १३ आइतबार, काठमाण्डाै । कालीगण्डकी करिडोर सडकखण्डमा बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमै मृत्यु भएकाे छ । पाल्पाबाट गोरखा जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीको बुलिङटार गाउँपालिका २ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको थियाे । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएकाे र २४ जना घाईते भएकाे बताइएकाे छ । घाईतेहरुलाई उपचारकाे लागि चितवन अस्पताल लगिएकाे छ । मृतककाे बारेमा थप जानकारि आउन बाँकि रहेकाे बताइएकाे छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.