कार्तिक १३ आइतबार, काठमाण्डाै । गृह मन्त्रालयले भारत उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणकाे क्रममा टाउकोमा ढुङ्गा लागि मृत्यु भएकोले पीडितका परिबारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न परराष्ट्रलाई आग्रह गरि पत्राचार गरेकाे छ । उक्त पत्रमा त्यस क्षेत्रमा सडक निर्माण गर्ने क्रममा पर्याप्त सुरक्षा सतर्कता अपनाउन, स्थानीयलाई समेत पूर्व सावधानी अपनाउन र अन्य आवश्यक सुरक्षा र सतर्कताका अपनाइ कार्य गर्न गराउन पहल गरिदिन हुन पनि आग्रह गरेकाे छ ।
भारत उत्तराखण्डको धारचुला क्षेत्रमा कात्तिक ११ गते सडक स्तरोन्नति गर्न ब्लाष्टिङ्ग गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ को दुम्लिङ गाउँमा बस्ने हिक्मत महराको १० वर्षका छोरा पवन महराको टाउकोमा ढुङ्गा लागेर मृत्यु भएको थियाे । उक्त घटनाको थप अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a comment