कार्तिक १२ शनिबार, काठमाण्डाै । ट्राफिक प्रहरीले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुई पाङग्रे सवारी साधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाईएको छ । तीव्र गतिमा गुडेका दुई पाङग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने र त्यसमा सवार बालबालिकाहरू दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारी साधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गर्नुभएको छ ।प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

Leave a comment