कागलाई पूजा गरि काग तिहार मनाइँदै

कार्तिक ६ आइतबार, काठमाण्डाै ।आज घर घरमा कागलाई पूजा गरि काग तिहार मनाइँदै छ। याे कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने गरिन्छ । यस दिन बिहान देखिनै कागलाई यमराजको दूत मानि पूजा गरि मिठाइ तथा अन्य मिठा खानेकुराहरु खान दिएर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बिहान सूर्योदय कालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाेले शास्त्र सम्मतरूपमा समितिले आज आइतबार यो पर्व मनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधना सहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो । यस अवसरमा आजका दिन कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष रुपमा पूजा आराधना हुने गर्छ । साथै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकी देखि नै सुरु भएको थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.