कार्तिक २ बुधबार, काठमाण्डाै । थारु बुद्धिजीवि वीरबहादुर राजवंशीले लोकतान्त्रिक गणगतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका सवाल संविधानको पानामा मात्रै सीमित रहेकाे बताउनु भएकाे छ । कञ्चनपुर थारु समुदायले आयाेजना गरेकाे कार्यक्रममा उनले थारु समुदायलाई अधिकार सम्पन्न बनाउनु पर्ने कुरामा जाेड दिनुभयाे । आउदाे चुनावमा पनि थारु समुदायकाे माग पुरा गर्ने उम्मेदवारलाई प्राथमिकता दिने बताइएकाे छ । घोषणापत्र जारि गर्दै थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवारहरु रोजाइमा पर्ने बताएका छन् । थारु बुद्धिजीवि राजवंशीका अनुसार थारु समुदायलाई प्रतिनिधिसभामा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारका रुपमा ठूला राजनीतिक दलहरुले सहभागी नगराएर थारुका मुद्दा ओझेलमा पार्न खोजिएको छ । उहाँका अनुसार प्रत्यक्षतर्फको निर्वाचनमा थारुलाई उम्मेदवार नबनाउने बनाई हाले पनि सहयोग नगर्ने परिपाटी विद्यमान रहेको छ । साथै नियम पूरा गर्न समानुपातिकतर्फको निर्वाचनमा पुछारमा राखेर प्रतिनिधित्व गर्नबाट वञ्चित गराइन्छ । निर्वाचनमा जितेका थारु समुदायका उम्मेदवारलाई मन्त्रिमण्डलमा राज्यमन्त्री सम्म सीमित गराइन्छ । निर्णायक तहमा प्रतिनिधित्व नगराउने जसले गर्दा थारु समुदायले न्याय पाउन नसकेको पनि बताउनु भयाे ।
Leave a comment