असाेज २८ शुक्रबार, काठमाण्डाै । रामपुर नगरपालिका सानीअमराईमा मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरले जनाए अनुसार मृत्यु हुनेमा रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनी थिइन् । उनलाइ उपचारका लागि तानसेन लैजाँदै गर्दा मृत्यु भएको थियाे । प्रहरीले जनाए अनुसार रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नं. को मोटरसाइकलले कालीगण्डकी करिडोर सडक अन्तर्गतकाे सानी अमराईमा बाटोमा उनी हिँडिरहेको अवस्थामा ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लगिएकाे थियो । हाल मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Leave a comment