असाेज २४ साेमबार, काठमाण्डाै । नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको बनाएकाे थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा ४ ओभर घटाइएको थियो । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकी खेल सम्भव नभए पछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्दतमा सर्वादीक २५ रन बनाएकी थिईन् । उनी प्लेयर अफ द म्याच पनि भइन् ।

Leave a comment