असाेज २४ साेमबार, काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ। जिल्ला अदालतले प्रहरीलाई सन्दीप लामिछाने विरूद्द ठाेस प्रमाण जुटाउन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।
दसैँकाे बिदाका कारण अदालत बन्द भएकाेले लामिछानेलाई आज अदालतमा उपस्थित गराएको हो । उनी अमेरिकाबाट असाेज २० गते नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पक्राउ परेका थिए । उनलाई प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछाने विरूद्द भदाै ५ गते काठमाण्डौको एक होटलमा १७ बर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सहित भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

Leave a comment