असाेज १८ मंगलबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ । शीलत निवास राष्ट्रपति कार्यालयमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले नव कन्यालाई नवदुर्गाको अवतार स्वरूप मानेर पूजा गर्नुभएको हो । सो अवसरमा नौ जना कन्याहरुकाे राष्ट्रपति भण्डारीले गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ । उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो ।


Leave a comment