असाेज १८ मंगलबार, काठमाण्डाै । निर्वाचन आयोगले सूचना सम्प्रेषण प्रभावकारी बनाँउन पैसा नलाग्ने गरि फोनबाटै कुरा गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञाशा र अन्योलबारे मतदाताका प्रश्नहरु भएमा दसैँलगत्तै समाधान गराउने तयारी गरेकाे छ । आयोगले सञ्चारमाध्यमसँग सहजीकरण गर्न र निर्वाचनबारे सही तथा प्रभावकारी सूचना सम्प्रेषण गर्न यही असोज १४ गतेबाट बहादुर भवनमा प्रेस अफिस स्थापना गरी सञ्चालन गरिरहेको छ । सूचनामा सहजीकरणका लागि आयोग नियमित प्रवक्ता शालिग्राम शर्मा पौडेलका अतिरित्त, समानुपातिक प्रणालीका लागि बेग्लै प्रवक्ता गुरुप्रसाद वाग्ले ,सूर्यप्रसाद अर्याल, ऋषि भुसाल र कमल भट्टराईलाई सहायक प्रवक्ता तोेकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले नमूना मतदानलगायतको कार्य गरेर मतदातालाई सूचना प्रवाहको कामसमेत गर्नेछन् । आयोगले निर्वाचनका लागि डिजिटल माध्यमलाई बढी प्रयोग गरेर मतदाता शिक्षा सञ्चालनको योजना अघि सारेको छ ।
साथै निर्वाचन आयोगले आफ्नो वेभसाइट http://www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ मतदाता नामावली सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदान स्थल अन्तर्गत खोजी गर्दा भेट्न सकिनेछ ।


Leave a comment