असाेज १३ बिहीबार, काठमाण्डाै । स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई निःशुल्क वितरण गरेको छ। डेङ्गुको सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराएको छ । साथै सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा सिटामोल निःशुल्क वितरणका लागि उपलब्ध गराएको छ । मन्त्रालयले उपत्यकामा डेङ्गुको सङ्क्रमण अन्य स्थानको तुलनामा बढी रहेको बताएको छ । यो एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेङ्गु भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने,धेरै कमजोरि हुने जस्ता लक्षणहरू देखापर्छ ।
स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क वितरण

Leave a comment